समाचारबुधबार, बैशाख १०, २०७१
नेपाल–भारत सीमा तीन दिन बन्द
भारतको विहार राज्यमा हुन लागेको लोकसभा निर्वाचनमा सीमा क्षेत्रबाट अवैध गतिविधि नहोस भन्दै विहारसँग जोडिएका नेपाली सीमामा आवागमन पूर्णरुपमा बन्द गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ११ बैशाखमा हुन लागेको लोकसभा निर्वाचनलाई ध्यानमा राखी ९ बैशाख साँझ ७ बजेदेखि १२ बैशाख बिहानसम्म सीमा क्षेत्र बन्द हुने भएको छ ।
सीमा बन्द गरिएपछि बिरामी बोकेको एम्बुलेन्स र मानिसबाहेक अन्य सम्पूर्ण सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको छ ।
रासस
