समाचारबुधबार, बैशाख १०, २०७१
ज्याक्सन हाइट आगलागीमा नेपालीलाई क्षति
नेपालीहरुको बाक्लो बसोबास भएको ज्याक्सन हाइटस्थित व्यापारिक भवनमा आगालागी हुँदा अमेरिकामा कानून व्यवसाय गरिरहेका डिल्ली भट्टको कार्यालय र चौथो तलामा रहेको अन्य दुई नेपाली व्यवसायीहरुको कार्यालय पूर्णरुपमा ध्वस्त भएको छ ।
उक्त भवनको वरपर कार्यालय खोलेर व्यवसाय गरिरहेका नेपाली व्यवसायी पनि प्रभावित भएका छन् ।
मंगलबार साँझ ५ बजे शुरु भएको आगलागी राति अबेरमात्रै नियन्त्रणमा आएको थियो । आगो निभाउन करिब ६० दमकल र अग्नी नियन्त्रक यन्त्रहरुले प्रयास गरेका थिए ।
आगलागीको कारण खुल्न सकेको छैन । घट्नामा मानवीय क्षति भएको छैन भने भौतिक तथा आर्थिक क्षति के कति भयो भन्ने पनि स्थानीय अधिकारीहरुले खोलेका छैनन् ।
ङिमा पाख्रिन, न्युयोर्क

