थप समाचारबुधबार, बैशाख १०, २०७१

हथाैडा प्रहार गरी साथीको हत्या

हिमालखबर

१० बैशाख विहान १० बजेतिर भोजपुर–३ बस्ने गोविन्द विकले सँगै काम गर्ने साथी करिब ३० वर्षीय अशोक भनिने युवालाई टाउकोमा हथौडाले हानेर ढुंगा खानीमै हत्या गरेका छन् ।

आफूहरुबीच सामान्य विवाद भएको र ढुंगा फुटाउने हम्बरले टाउकोमा हानेर मारेको गोविन्दले स्वीकारेका छन् ।

टाउकोमा गहिरो चोट लागेका अशोकको नाक र कानबाट अत्याधिक रक्तश्राव भई घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी टोली घटनास्थल गई हत्याको थप अनुसन्धान थालेको छ भने गोविन्द विकलाई प्रहरीले पक्राउ गरेको छ ।

श्यामकृष्ण दाहाल, भोजपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>