समाचारबुधबार, बैशाख १०, २०७१

राजदूतले विधेयकबारे प्रधानमन्त्रीलाई सोधे

हिमालखबर

प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा १० वैशाखमा प्रधानमन्त्री सुशील कोइरालालाई भेटेका नेपालका लागि अमेरिकाका राजदूत पिटर डब्ल्यू बोडेले सरकारले व्यवस्थापिका संसद्मा दर्ता गराएको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगमा गरीएको व्यवस्थाका बारेमा चासो राखेका छन् ।

राजदूत बोडेले सरकारले आम माफीको प्रावधान राखेर आयोग गठनको गृहकार्य भइरहेको भन्दै प्रधानमन्त्री कोइरालास“ग जिज्ञासा राखेको र जवाफमा प्रधानमन्त्री कोइरालाले सञ्चार माध्यममा आएजस्तै विधेयकमा आम माफीको व्यवस्था नभएको बताएको प्रधानमन्त्रीका विदेश सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्री कोइरालाले शान्ति प्रक्रिया पूरा गर्नका लागि द्वन्द्व पडितलाई उचित न्याय दिन सरकारले गृहकार्य गरीरहेको बताएका थिए ।

यस्तै प्रधनमन्त्री कोइरालाले संसद्मा विधेयक विचाराधिन अवस्थामा रहेकाले सांसाद्हरुको सल्लाह र सुझाव अनुसार पीडितकै पक्षमा कानून बन्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>