थप समाचारबुधबार, बैशाख १०, २०७१

धनकुटा बजार नजिक आगलागी

हिमालखबर

धनकुटाको सल्लेरी राष्ट्रियमा आगलागी भएको हो । १० बैशाख दिउँसो १ बजेदेखि लागेको आगो साँझ ५ बजे मात्र नियन्त्रणमा आएको थियो ।

तस्वीरः सन्तोष रुचाल

आगलागीबाट धनकुटा बजारमा क्षति हुन जोगिए पनि ठूलो संख्यामा काठपात, बोटविरुवा जलेर नष्ट भएको छ । सल्लेरीमा रहेको नेपाली सेनाको श्रीमेहर गणबाट आगो सल्किएको हो ।

नेपाली प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबासिन्दाले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । धनकुटामा बारुणयन्त्र नभएको र सुनसरीबाट बोलाएको बारुणयन्त्र ढिला आइपुग्दा आगो नियन्त्रणमा समस्या भएको थियो ।

बजारसँगै जोडिएको बनमा आगो लागेपछि धनकुटा बजारका बासिन्दा त्रसित बनेका थिए । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यस्तै, धनकुटाकै कुरुलेतेनुपा गाविस–८ मा रहेको हात्तिसुढे सामुदायिक बनमा लागेको आगो बस्तिमा पस्दा तीन वटा घर जलेको छ । आगलागीबाट हरिप्रसाद बराल, डिल्लीराम अधिकारी र दीर्घबहादुर घिमिरेको घर–गोठ जलेको मुढेवास प्रहरी चौकीका ईन्चार्ज लोकवहादुर धिमालले जानकारी दिए ।

सन्तोष रुचाल, धनकुटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>