थप समाचारबुधबार, बैशाख १०, २०७१

विरामी ठग्ने ६ जना विराटनगरमा पक्राउ

हिमालखबर

कोशी अञ्चल अस्पतालमा उपचारका लागि पहाडी क्षेत्रबाट आउने बिरामीलाई बाटोमै अल्मल्याएर अन्यत्रै लैजाने समूहका ६ जनालाई मोरङ प्रहरीले १० वैशाखमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तीनजना रिक्सा चालक र तीन जना बिभिन्न क्लिनिकका सहयोगीहरु छन् । उनीहरुले बाहिरी जिल्लाबाट आउने विरामीलाई राम्रो अस्पतालमा पुर्‍याइदिने भन्दै केही निजी क्लिनिकमा पुर्‍याउने गरेको र रकम असुल्ने गरेको प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए ।

यसैबीच रिक्सा चालकले राम्रो चिकित्सक भन्दै ठगको क्लिनीकमा पुर्‍याएर १२ हजार रुपैयाँ ठगेको भन्दै तेह्रथुमकी देवी भण्डारीले प्रहरीमा जाहेरी दिएकी छन् ।

रिक्सा चालकले विराटनगर ९ जलजला रोडको पबित्र मेडिकल हलमा लगेको र सञ्चालक राजु साहले बिभिन्न परीक्षण गरेको भन्दै १२ हजार रुपैयाँ लिएको भण्डारीले बताइन् । प्रहरीमा जाहेरी पर्ने बित्तिकै मेडिकल संचालक राजु साहले भण्डारीलाई १२ हजार रुपैयाँ फिर्ता गरेका छन् ।

साहले भण्डारीको रगत परीक्षण गरेको भन्दै मनगढन्त रिपोर्ट दिएको र उक्त रिपोर्ट गलत भएको कोशी अञ्चल अस्पतालले जनाएको छ ।

कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>