थप समाचारबुधबार, बैशाख १०, २०७१

गर्भवती महिलालाई सेनाका हवल्दारले बचाए

हिमालखबर

पेटमा मृत शिशु भएका कारण तत्कालै अप्रेशन गर्नु परेकी गुल्मीको भनभने–८ टिमुरखर्ककी  २१ वर्षीय चमेली विश्वकर्मालाई नेपाली सेनाका हवल्दार उत्तमकुमार भुजेलले रगत दिएर बचाएका छन् ।

सदरमुकाम तम्घासको रेसुङ्गा अस्पतालमा भर्ना भएकी विश्वकर्माको जरुरी अप्रेशन रगत अभावमा रोकिएपछि हवल्दार भुजेलले रगत दिएका हुन् ।

विश्वकर्माको शल्यक्रिया गरेर मृत शिशु वाहिर निकालिएको छ भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

पेटमै शिशु मरिसकेको भए पनि विश्वकर्मालाई उपचारका लागि सदरमुकाम तम्घाससम्म ल्याउने खर्च नहुँदा उनको अवस्था नाजुक बनिसकेको थियो । यहाँ ब्ल्ड बैंक छैन भने चेतनाको अभावमा  रगतदाता तयार नहुँदा  सेनालाई नै गुहार्नु पर्ने अवस्था छ ।
गगनशिला खड्का, गुल्मी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>