समाचारबिहीबार, बैशाख ११, २०७१

एकै व्यक्ति दुई स्थानबाट उम्मेदवार हुनु हुँदैनः प्रमुख निर्वाचन आयुक्त

हिमालखबर

चितवनको भरतपुरमा ११ वैशाखमा पत्रकारसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उेतीले एकै व्यक्ति धेरै क्षेत्रबाट उम्मेदवार हुनु प्राविधिक रुपमा ठीक नहुने राय आयोगले दिएको भए पनि राजनीतिक दलले नमानेको बताएका छन् ।

एकै व्यक्ति दुई क्षेत्रमा उम्मेदवार हुँदा संविधानसभाले समयमा पूर्णता नपाउने र खर्चिलो हुने भन्दै उनले थपे, “एउटा क्षेत्रको निर्वाचन गर्न रु एक करोड खर्च हुन्छ, चार महिनाभन्दा बढी भयो संविधानसभा अधूरै छ ।” गत संविधानसभा निर्वाचनमा दुई ठाउँबाट विजयी भएका सुशील कोइराला, माधवकुमार नेपाल, शेरबहादुर देउवा र वामदेव गौतमले एक–एक स्थान छोडेपछि चार निर्वाचन क्षेत्रमा आगामी ८ असारमा उपनिर्वाचन हुँदैछ ।

स्थानीय निकायको निर्वाचन सरकारले मिति तोकेको तीन महिनाभित्र आयोगले गर्न सक्ने भन्दै उनले स्थानीय निर्वाचन चार चरणमा गर्नुपर्ने राय आयोगको रहेको जानकारी दिए ।

उनले अब बन्ने संविधानमा नै निर्वाचनको समय तोकिनु पर्ने धारणा व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>