समाचारबिहीबार, बैशाख ११, २०७१

संविधानसभाका पाँचवटै समितिमा सभापतिको उम्मेदवारी दर्ता

हिमालखबर

संविधानसभा सचिवालयको पूर्वनिर्धारित कार्यक्रमअनुसार १२ वैशाखमा हुने भनिएको समितिको निर्वाचनका लागि ११ वैशाखमा उम्मेदवारी दर्ता कार्यक्रम सार्वजनिक गरिएको थियो । सचिवालयका अनुसार संविधान मस्यौदा समितिमा नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाको उम्मेदवारी परेको छ । सिटौलाको प्रस्तावकमा भानुभक्त ढकाल र समर्थकमा गिरिराजमणि पोखरेल छन् ।

त्यस्तै संवैधानिक राजनीतिक संवाद सहमति समितिमा एमाओवादीका नेता बाबुराम भट्टराईको उम्मेदवारी परेको छ । उनका प्रस्तावकमा पूर्णबहादुर खड्का र समर्थकमा सुरेन्दप्रसाद पाण्डे छन् ।

उक्त समितिकै लागि रामकुमार राईको पनि उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा हरिचरण शाह र समर्थकमा गोपाल दहित छन् ।

यसैगरी संविधान अभिलेख तथा निक्र्योल समितिमा नेकपा एमालेका सचिव विष्णुप्रसाद पौडेलको उम्मेदवारी परेको छ । पौडेलको प्रस्तावकमा बलबहादुर केसी र समर्थकमा हरिबोलप्रसाद गजुरेल छन् ।

क्षमता अभिवृद्धि समितिमा मधेशी दलका तर्फबाट लक्ष्मीकुमारी चौधरीको उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे र समर्थकमा सन्तकुमार दरै र जयन्तीदेवी राई छन् ।

नागरिक सम्बन्ध समितिमा साना दलहरूका तर्फबाट प्रमिला राणाको उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा ममता गिरी र समर्थकमा चिनकाजी श्रेष्ठ छन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै एमाओवादी नेता भट्टराईले संविधानसभाभित्र र बाहिर रहेका सबै राजनीतिक दललाई सहमतिमा ल्याएर संविधान निर्माण गर्नेतर्फ आफ्नो सक्रिय प्रयास रहने बताए ।

त्यस्तै सिटौलाले सवै दलहरूको एकताबद्ध प्रयासबाट माघको पहिलो सातामा संविधान जारी गरिने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>