समाचारआइतबार, भाद्र १७, २०६९

प्रमको उम्मेदवार प्रजातान्त्रिक प्रक्रियाबाट: कोइराला

हिमालखबर

नेपाल प्रेस युनियन रुपन्देहीले १७ भदौमा बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले प्रजातान्त्रिक पार्टीभित्र विभिन्न विचार रहनु स्वाभाविकै भएको र विवाद हुनु सामान्य भएको धारणा राखिन् । कोइरालाले बहुमतको निर्णय सबैले मान्नुपर्नेमा वरिष्ठ नेताले सभापतिलाई गाली गर्दै हिंडेको आरोप लगाइन् ।

कार्यक्रममा नेतृ कोइरालाले मुलुकको राजनीतिक सङ्कट अब छिट्टै समाधान हुने विश्वास व्यक्त गरिन् । संविधानसभा पुनःस्थापना वा नयाँ निर्वाचन भन्ने विकल्पका विषयमा दलबीच छलफल भइरहेको र त्यो सकारात्मक भएको उल्लेख गर्दै उनले भनिन्, “कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि संसद् पुनःस्थापना गरेर विवादित विषय संसद्बाटै अनुमोदन गराउन सकिन्छ ।”

संविधानसभाले चार वर्षा संविधान निर्माणमा ९० प्रतिशत काम गरेको बताउँदै सङ्घीतालगायतका बाँकी विषयमा सहमति भए संविधान जारी गर्न धेरै समय नलाग्ने उनको भनाई थियो ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>