थप समाचारशुक्रबार, बैशाख १२, २०७१

काठमाडौं–पनौती सडक अवरुद्ध

हिमालखबर

मृतकका आफन्तले सडक अवरुद्ध गरेपछि १२ बैशाख बिहानदेखि सवारी साधन चलेका छैनन् । बिहानदेखि बन्द सडक खुलाउन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सवारी साधनको विषयमा भएको सामान्य विवादले उग्ररुप लिएपछि कुटपिट हुँदा पनौति–६ बस्ने श्याम नापितको मृत्यु भएको थियो । उनको उपचारको क्रममा १२ बैशाखमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई कुटपिट गर्ने ढुङ्खर्क गाविस–८ बस्ने अजय केसीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । ११ बैशाख राति केसीको कुटपिटबाट नापित गम्भीर घाइते भएका थिए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>