थप समाचारशुक्रबार, बैशाख १२, २०७१

जीप दुर्घटनामा एकको मृत्यु आठ घाइते

हिमालखबर

तेह्रथुमबाट धरानतर्फ जाँदै गरेको को.१ज. ३६९ नम्बरको ल्याण्डरोभर जीप भेडेटार– ३ कार्कीछापमा ब्रेक फेल भई दुर्घटना हुँदा भारत बेतिया बस्ने ४० वर्षका मुन्नाप्रसाद साहको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घाईतेहरुको भेडेटार प्रहरी चौकीबाट राति नै आएको प्रहरी टोलीले उद्दार गरी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।

घाईते हुनेहरुमा तेह्रथुम मोराहाङ–६ का २३ वर्षीय आशा राई, ९ का ३६ वर्षीय हर्कबहादुर राई, १२ वर्षीय सुमन राई, १० वर्षीय कोभित राई, तेह्रथुमकै सुदाप–४ का २० बर्षीय अजित लिम्बु, धरान–१५ की १७ बर्षीया एलिशा श्रेष्ठ र भारत बेतिया बस्ने १४ बर्षीया दिपक शाह छन् ।

गाडी चालक तेह्रथुम मोराहाङ–६ का २५ बर्षीय विष्णु राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सन्तोष रुचाल, धनकुटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>