समाचारशुक्रबार, बैशाख १२, २०७१

पाँचवटै समितिका सभापति निर्विरोध, संसद बैठक शुरु

हिमालखबर

संविधानसभा अन्तर्गतका चार वटा समितिहरुमा एक एकजनाको मात्रै उम्मेदवारी परेकाले संवैधानिक राजनीतिक संवाद सहमति समिति बाहेक अन्य सबै निर्वाचित हुने पक्का थियो ।

१२ बैशाखमा संवाद सहमतिको सभापतिमा एमाओवादी नेता बाबुराम भट्टराई विरुद्ध उम्मेदवारी दिएका रामकुमार राईले उम्मेदवारी फिर्ता लिएपछि उनी पनि निर्विरोध नै भएका छन् ।

संविधान मस्यौदा समितिमा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, संविधान अभिलेख तथा निर्क्यौल समितिमा एमाले सचिव विष्णुप्रसाद पौडेल, क्षमता अभिवृद्धि समितिमा मधेशी दलका तर्फबाट मजफो नेपालकी लक्ष्मीकुमारी चौधरी र नागरिक सम्बन्ध समितिमा साना दलका तर्फबाट नेकपा संयुक्तका प्रमिला राणा निर्वाचित भएका छन् ।

निर्वाचित भएपछि भट्टराईले संविधानसभाको सवैभन्दा महत्त्वपूर्ण समितिमा निर्वाचित भएकाले पार्टीभन्दा माथि उठेर जनताले अपेक्षा गरेको संविधान जारी गर्न भूमिका खेल्ने दाबी गरे ।

नवनिर्वाचित सभापतिहरुको सपथ १३ वैशाख बिहान ११ बजे सिंहदरवारमा हुनेछ ।

समितिका सभापतिहरुको निर्वाचनका लागि स्थगित गरिएको व्यवस्थापिका संसदको बैठक पुनः शुरु भएको छ ।

राप्रपा नेपालले सबै समितिको निर्वाचन बहिस्कार गर्ने

————————————————————————————————————-
संसद स्थगित गरेर समितिका सभापतिको निर्वाचन
संविधानसभा अन्तर्गतका पाँच समितिको निर्वाचन गर्नुपर्ने भन्दै व्यवस्थापिका संसदको बैठक केही समयका लागि स्थगित गरिएको छ ।

शुक्रबार , १२ वैशाख २०७१ ५:२३ पम

बेपत्ता छानविन तथा सत्य निरुपणसम्बन्धी विधेयकमाथिको छलफल लम्बिंदै जाँदा संविधानसभा अन्तर्गतका समितिमा ५ बजेदेखि हुने भनिएको सभापतिहरुको निर्वाचन प्रक्रिया प्रभावित भएको छ ।

निर्वाचन प्रक्रिया प्रभावित हुन थालेपछि १२ वैशाखमा जारी संसद बैठक ५ बजे स्थगित गरी निर्वाचनको कार्यक्रम तय गरिएको संसद सचिवालयले जनाएको छ ।

समितिका सभापतिहरुको चयन गरिसकेपछि संसद बैठक पुनः वस्ने सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>