थप समाचारशुक्रबार, बैशाख १२, २०७१
बारामा बलात्कारको बिरोधमा र्याली
केही दिनअघि बालिकामाथि बलात्कारपछि हत्या भएको घटनाप्रति बिरोध जनाउँदै बारा सदरमुकाम कलैयास्थित दरबार परिसरमा १२ बैशाखमा विभिन्न संघ–संस्थाले प्रदर्शन गरेका हुन् । बलात्कारको बिरोधमा दबाब दिन र्याली निकालेको ती संघ–संस्थाले जनाएका छन् ।
कलैयास्थित परिसरमा २८ चैत राति मामाघरमा बस्दै आएकी भारतकी सात वर्षीया एक बालिकाको बतात्कारपछि हत्या भएको थियो । तर, घटना भएको दुई हप्ता बितिसक्दा पनि प्रशासनले आपराधिक समूहको पहिचान गर्न नसकेकोले दबाब दिएको र्यालीमा सहभागीले बताए ।
प्रहरी प्रशासनको लापरवाहीका कारण दिनदहाडै बलात्कारका घटना हुने गरेको स्थानीयबासिन्दाले आरोप लगाए । बाराका सहायक प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद दुलालले घटनाको छानबिन गरिरहेको जिकिर गरे ।
र्यालीमा नारी जागरण केन्द्र, नेपाल कराँते महासंघ, बारा बास्केटबल संघ, बेरोजगार युवा संगठन, कलैया युवा समाज, खेलाडाी तथा विद्यार्थी परिवार, स्थानीय ग्यालेक्सी, भरतबाबा, मनोकामना, इन्टरनेशनल, नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी–शिक्षक लगायत विभिन्न महिला समूह, स्थानीयबासिन्दाको सहभागिता थियो ।
उनीहरुले अपराधीको छिटो पहिचान गरी सार्वजनिक गर्नुपर्ने, पीडितलाई न्याय तथा दोषीलाई सजाय हुनुपर्ने लगायतका विभिन्न ६ सुत्रीय माग सहायक प्रमुख जिल्ला अधिकारी दुलाललाई बुझाएका छन् ।
श्याम गुप्ता, बारा

