समाचारशुक्रबार, बैशाख १२, २०७१
को–को खेल्दैछन् मलेसियामा
नेपाल क्रिकेट संघ (क्यान)ले १२ बैशाखमा राष्ट्रिय टोलीमा पर्ने १४ खेलाडी छनौट गरेको हो । क्यानको अन्तिम छनौटमा अलराउण्डर मेहबुब आलम र भेट्रान बलर राजकुमार प्रधान परेका छन् ।
आलमले दुई वर्षपछि राष्ट्रिय टीममा पुनरागमन गरेका हुन् । प्रधान भने ६ वर्षपछि राष्ट्रिय टीमबाट खेल्दैछन् ।
टोलीमा पर्नेमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद् भेष्वाकर, सुवास खकुरेल, विनोद भण्डारी, सागर पुन, आरिफ शेख, रामनरेश गिरी, नरेश बुढाएर र सोमपाल कामी छन् ।
वैकल्पिक खेलाडीमा भुवन कार्की, पुष्प थापा र यज्ञमान कुमाल परेका छन् । बलर अमृत भट्टराई भने टोलीमा पर्न सकेनन् ।
मलेसियामा १८–२४ बैशाखमा एसीसी प्रिमियर लिग हुँदैछ ।
दीपेन्द्र सापकोटा, काठमाडौं

