समाचारशनिबार, बैशाख १३, २०७१

साधुको भेषमा लागुऔषध कारोबार

हिमालखबर

धनुषाको यज्ञभूमि–८ धारापानीका ७० वर्षीय भोला आले मगरलाई ३० किलो गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।

मगरले धनुषा, महोत्तरी र सिरहा जिल्लामा लागुऔषधको कारोबार विगत १० वर्षदेखि गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । साधुको भेषमा रहने उनले आफ्नै घरमा लागुऔषधको प्याकिङ गरी विभिन्न जिल्लामा वेच्ने गरेको प्रहरीको भनाई छ ।

अञ्चल प्रहरी कार्यालय जनकपुरका वरिष्ठ प्रहरी उपरीक्षक शिव लामिछानेका अनुसार अञ्चलभर नै लागुऔषधविरुद्ध अभियान चलाइएकोमा हालसम्म धनुषा, महोत्तरी र सर्लाहीबाट ९३ जनालाई लागुऔषध कारोबारमा संलग्न रहेको अवस्थामा पक्राउ गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>