थप समाचारशनिबार, बैशाख १३, २०७१
चौकीको छतबाट खसेर हवल्दारको मृत्यु
भारतसँग सिमा जोडिएको दाङको कोईलाबासस्थित सीमा प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार ४० वर्षीय खुमलाल कुँवरको चौकीको छतवाट खसेर घटना स्थलमै मृत्युभएको छ ।
बाँकेको कम्दी–९ घर भएका प्रहरी हवल्दार कुँवर डेढ बर्षदेखी कोइलाबास प्रहरी चौकीमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ड्उिटी जाँच गर्न झर्ने क्रममा दुईतलाबाट खसेर कुँवरको मृत्युभएको प्रहरी उपरीक्षक शरदकुमार खत्रीले जानकारी दिए ।
कुँवरको शव प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको छ ।
देविका घर्ती मगर,घोराही
