समाचारआइतबार, बैशाख १४, २०७१
आगलागीमा दुईको मृत्यु
दमक नगरपालिका–१५ शान्तिटोलमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको हो । शान्तिटोलका केदार खतिवडाको घरमा १४ बैशाख अपरान्ह आगलागी भएको हो ।
आगलागीमा उनकी १७ वर्षीया छोरी विनिता र छिमेकी पूर्ण खड्काका २२ वर्षे छोरा सरोज खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विनिता कक्षा–११ म अध्ययनरत थिइन् । सरोज भने केही वर्ष भारतको दिल्लीमा रोजगारी गरी ६ महीना अघि घर फर्किएका थिए ।
दुवै जनाको शव एउटै कोठामा फेला परेको थियो । प्रहरीले दुवैको शव पोष्टमार्टमका लागि मोरङको मंगलबारे स्वास्थ्य केन्द्रमा पठाएको छ ।
गोपाल गड्तौला, दमक
