समाचारसोमबार, बैशाख १५, २०७१
ओली अस्पताल भर्ना
स्वास्थ्य असहज भएपछि एमाले संसदीय दलका नेता ओली अस्पताल भर्ना भएका हुन् । उनी १४ बैशाख राति शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् ।
उनको शरीरमा पानीको मात्रा कम भएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । चिकित्सकका अनुसार उनलाई गम्भीर समस्या भने रहेको छैन ।
उनलाई १४ बैशाख साँझ घरमा वान्ता भएपछि अस्पताल भर्ना गरिएको हो । नयाँदिल्लीमा डेढ महीना उपचार गराएर उनी ३ बैशाखमा स्वदेश फर्किएका थिए ।

