समाचारसोमबार, बैशाख १५, २०७१

२० वर्षपछि विराटनगरमा निगमको जहाज

हिमालखबर

निगमले २७ बैशाखदेखि विराटनगरमा नियमित उडान शुरु गर्ने जनाएको छ । निगमका पूर्वाञ्चल क्षेत्रीय प्रबन्धक हिमालचन्द्र गौतमले २७ बैशाखदेखि हरेक दिन बिहान सवा नौ बजे उडान हुने जानकारी दिए ।

तर, हप्ताको एक दिन भने उडान हुने छैन । चीनबाट ५६ सिट क्षमताको नयाँ जहाज आएपछि निगमले विराटनगरमा उडान शुरु गर्ने तयारी थालेको हो ।

निगमले २० वर्षदेखि विराटनगर–काठमाडौं नियमित उडान गरिरहेको छैन । निजी क्षेत्रका बुद्ध र यति एयरलाइन्सले मात्र निरन्तर सेवा दिइरहेका छन् । विगतमा निगम, सीता, निकोन, कस्मिक, अग्नि एयरलाइन्सले विराटनगर–काठमाडौं उडान भर्ने गरेका थिए ।

निगमले विराटनगर–काठमाडौंका लागि भाडादर रु.२ हजार १०, ईन्धन शुल्क रु. ३ हजार ३०५ र एयरपोर्ट चार्ज रु. २०० गरी रु.५ हजार ५१५ कायम गरेको जनाएको छ । बुद्ध र यति एयरले रु.४ हजार ५०० देखि रु.७ हजार ७५ सम्मको छ किसिमको भाडादर कायम गरेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>