समाचारसोमबार, भाद्र १८, २०६९

प्रधानमन्त्री र मुख्यसचिवसँग लिखित जवाफ माग

हिमालखबर

सचिव बृन्दा हाडाले सर्वोच्चको फैसला विपरीत आफुलाई जिम्मेवारी नदिएको भन्दै दायर मुद्दाको १८ भदौमा सुनुवाई गर्दै अदालतले लिखित जवाफ मागेको हो । न्यायाधीस ताहीर अलि अन्सारीको इजलासले जिम्मेवारी नदिनुको लिखित जवाफ ७ दिनभित्र पेश गर्न आदेश दिएको सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिए ।

सचिव हाडाले प्रधानमन्त्री, मुख्य सचिव, सिंचाइ मन्त्रीलगायतलाई विपक्षी बनाएकी थिइन् । फैसलामा सिंचाइ मन्त्री र सिंचाइ सचिवलाई ७ दिनभित्र जवाफसहित आफै उपस्थित हुन आदेश दिइएको छ । आफ्नो सरुवा रोक्न सर्वोच्चले दिएको आदेश कार्यान्वयन नभएको भन्दै हाडा अदालत गएकी थिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>