समाचारमंगलबार, बैशाख १६, २०७१
सबैलाई समेट्न सक्नेलाई अध्यक्षः नेता नेपाल
नेकपा एमालेका वरिष्ठ नेता नेपालले सबैलाई समेट्न सक्ने नेताले नै पार्टी नेतृत्व लिनुपर्ने बताएका हुन् । रौतहटका विभिन्न गाविसमा भएको आगलागीबाट पीडित परिवारलाई राहत वितरण गर्न १६ बैशाखमा रौतहट मत्सरी पुगेका उनले गुटबन्दी प्रथालाई समाप्त गर्न आफू लागिपरेको बताए ।
“पार्टीभित्रको गुटबन्दी प्रथालाई समाप्त पार्दै नयाँ शिराबाट पार्टीलाई बलियो बनाउने अभियानमा लागेको छु,” उनले भने । उनले पार्टीलाई संगठनात्मक रुपमा बलियो बनाउने अभियानमा आफू लागेको पनि दावी गरे ।
उनले सहमति र सहकार्यको माध्यमबाट पार्टीलाई एकतावद्ध बनाउने पनि बताए । पार्टीमा लोकतान्त्रिक प्रक्रिया अनुसार आमूल परिवर्तनको खाँचो रहेको उनको भनाइ छ ।
रासस
