समाचारबुधबार, बैशाख १७, २०७१

पर्सा र रौतहट एमाओवादीमा विभाजन

हिमालखबर

पर्सा एमाओवादीमा विभाजन भएको छ । विभाजित दुइ समूहले १७ वैशाखमा वीरगञ्जमा छुटटाछुटटै जिल्ला सम्मेलन गरेकाछन् ।

वर्तमान जिल्ला संयोजक उर्मिला अर्यालको नेतृत्वमा सिप्रदीको सभा कक्षमा जिल्ला सम्मेलन आयोजना गरेका छन् भने जालिम मियाँको नेतृवमा रहेका नेता कार्यकर्ताहरूले रामगढवा धर्मशालामा जिल्ला सम्मेलन आयोजना गरेका छन् ।

उर्मिला अर्यालको सभापतित्वमा भएको कार्यक्रममा विजय महतो, बाबुराम कौशिक, बालकृष्ण श्रेष्ठ बिद्यार्थी नेता प्रभाकर गुप्ता लगायत सहभागी छन भने जालिम मियाँको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्रवहादुर श्रेष्ठ, बलिराम साह, योगेन्द्र साह, चन्दादेवी राम सहभागी छन् ।

रौतहटमा पनि विभाजन
रौतहटमा पनि नेकपा एमाओवादीका दुइ समूहले छुट्टाछुट्टै जिल्ला सम्मेलन गरेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल पक्षधर र नेता बाबुराम भट्टराई पक्षधर नेता कार्याकर्ताबीच विवादले चर्को रुप लिएपछि १७ वैशाखमा छुटटाछुटटै जिल्ला सम्मेलन भएको हो ।

भट्टराई पक्षधरले धरहरी गाविसमा जिल्ला सम्मेलन गरिरहेका छन् भने दाहाल पक्षधरले गेडहीगुठी गाविसमा जिल्ला सम्मेलन आयोजना गरेका छन् ।
विवाद बढेपछि दुबै गुटले यसअघि विभिन्न गाविसमा गाउँ सम्मेलनसमेत अलग, अलग गर्दै आएका थिए ।

रौतहटमा दाहाल पक्षको अगुवाइ सभासद् एवं पूर्वजिल्ला संयोजक अशोक जयसवालले गरेका छन भने भट्टराई पक्षको अगुवाई पूर्वमन्त्री प्रभु साह र पूर्वसभासद देवेन्द्र पटेल लगायतले गरेका छन् ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>