समाचारबुधबार, बैशाख १७, २०७१

दुई हिमाल आरोहीको मृत्यु

हिमालखबर

आमाडब्लम हिमाल आरोहणको क्रममा लेक लागेर दुई रसियन नागरिकको मृत्यु भएको हो । आमाडब्लमको हाइक्याम्पमा लेक लागेर १६ बैशाखमा एक जना र १७ बैशाख बिहान अर्को आरोहीको मृत्यु भएको सोलखुम्बुका प्रहरी नायव उपरीक्षक बद्रिविक्रम थापाले जानकारी दिए ।

पासपोर्ट नम्बर ७१५३९६६४१ का पाभेल इभाम्थ र पासपोर्ट नम्बर ७१५३६८०५८ का इगोल्किन भिक्टोभको लेक लागेर मृत्यु भएको हो । ओशो वल्ड एभभेन्चर प्रालिबाट आमाडब्लम हिमाल आरोहणका लागि गएका उनीहरु शिखरमा पुग्ने बेलामा लेक लागेर मृत्यु भएको प्रहरुकिो भनाइ छ ।

मृतकमध्ये एक जनाको शव उद्धार गरी लुक्ला ल्याइएको र अर्काेको उद्धारको प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>