खेलकुदबुधबार, बैशाख १७, २०७१
राखेपका सदस्य सचिवले राजनीति गरे: खेलकुद मन्त्री
१७ बैशाखमा युवा तथा खेलकुद मन्त्रालयमा आयोजित खेलकुद पत्रकारहरुसँगको अन्तर्कि्रया कार्यक्रममा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राखेप सदस्य सचिव युवराजलामाले आफ्नो निर्देशन समेत पालना नगरेको आरोप लगाउँदै लामाले राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।
“अहिलेका सदस्य–सचिव निष्पक्ष देखिएका छैनन्, ” उनले भने, “अब सदस्य–सचिवमा खुल्ला विज्ञापनबाट व्यबसायिक मान्छे ल्याउनुपर्छ ।”
मन्त्री पौडेलले राखेपमा सदस्य सचिवको सट्टा सिइओ (प्रमुख कार्यकारी अधिकृत) नियुक्त गर्न सकिने पनि बताए । उनले सिइओको अवधि ५ वर्षको राखि उसलाई हटाउने अधिकार मन्त्रिपरिषदमा राख्ने गरी ऐन संशोधन गर्न सकिने बताएका थिए । “ऐन संशोधनका लागि अब म तयारीमा लाग्छु,” पौडेलले भने ।
राखेपमा सदस्य–सचिवको राजनीतिक नियुक्ति हुने गरेको छ ।
दीपेन्द्र सापकोटा, काठमाण्डौं
