थप समाचारबुधबार, बैशाख १७, २०७१

१२ वर्षे बालकले बैंकबाटै साढे ६ लाख चोरे

हिमालखबर

धरान–इटहरी सडकखण्डमा रहेको इटहरीको कुमारी बैंकबाट १७ वैशाख दिउँसो १ बजे रकम जम्मा गर्न आएका इटहरी–१ का गोकुल प्रसाईंको ६ लाख ७० हजार रुपैयाँ एक बालकले चोरेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक विद्यानन्द माझीका अनुसार प्रसार्इंको पिछा गर्दै आएका करिब १२ वर्षका एक बालक बैंकमा प्रवेश गरेको बैंकमा जडित सिसी क्यामरामा देखिएको छ ।

बैंकमा पैसा जम्मा गर्दा भौचर भरिरहेको मौका छोपेर ती बालकले पैसा राखेको व्याग लिएर फरार भएको सिसी क्यामरामा देखिएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>