समाचारबिहीबार, बैशाख १८, २०७१

तीन वर्षमा लोडसेडिङ अन्त्य हुन्छः मन्त्री ज्ञवाली

हिमालखबर

नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन जनकपुर–सगरमाथा क्षेत्रीय समितिद्वारा १८ वैशाखमा आयोजित कार्यक्रममा उर्जामन्त्री राधा ज्ञवालीले आउँदो तीन वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने लक्ष्य लिई सरकारले काम थालिसकेको दाबी गरेकी छन् ।

मन्त्री ज्ञवालीले ऊर्जा क्षेत्रका समस्यालाई कानूनी अड्चनबाट अन्त्य गर्न ऐन संशोधन गर्ने तयारी सरकारले थालिसकेको बताउँदै जलाशययुक्त खुला र मझौला परियोजनाहरुको काम पूरा भइसकेको र बाँकी रहेका परियोजनाको काम आउँदो वर्षहरुमा पूरा गर्ने लक्ष्य रहेको बताइन् ।

विद्युत् प्राधिकरण हाम्रो हो भन्ने भावना आम नेपालीमा जागृत गराउन ‘जनताको विद्युत् जनताको लगानी’ कार्यक्रम ल्याउने तयारी भइरहेको पनि उनले जानकारी दिइन् ।

हेटौंडामा मात्रै मर्मत केन्द्र रहेका कारण तराईमा विद्युत्मा समस्या देखिने गरेको भन्दै उनले आउँदो दिनमा नेपालगन्ज र लहानदेखि पूर्व दुई वटा मर्मत केन्द्रको स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताएकी थिइन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>