समाचारबिहीबार, बैशाख १८, २०७१
नेपालले युएईलाई हरायो
मलेशियाको क्वालालम्पुरमा १८ बैशाखमा भएको खेलमा नेपालले युएईलाई ४ विकेटले हराएको हो । युएईले दिएको १९२ रनको लक्ष्य नेपालले ६१ बल बाँकी छँदा ६ विकेटको क्षतिमा भेट्टायो ।
नेपाललाई शुरुवाती जीत दिलाउन सुवास खकुरेलले ७१ रन जोडे । ज्ञानेन्द्र मल्लले ४७, कप्तान पारस खड्काले ३०, शरद भेषवाकरले १६ रन बनाए । नटआउट रहेका विनोद भण्डारीले ९ र वसन्त रेग्मीले ८ रनको योगदान गरे । मेहबुब आलमले ५ तथा नरेश बुढाऐरले २ रन बनाए ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको युएईले ४८.१ ओभरमा अलआउट हुँदै १९१ रन बनाएको थियो । नेपालका मेहबुब आलमले २१ रन दिएर ३ विकेट लिए ।
तीन विकेट लिएका सोमपाल कामीले ३९ रन खर्चिए । शक्ति गौचनले २ विकेट लिँदै ३१ रन दिए । सागर पुनले एक विकेट लिए ।
नेपालले १९ बैशाखमा आयोजक मलेशियाको सामना गर्नेछ ।

