समाचारबिहीबार, बैशाख १८, २०७१
संविधान बनाउन खबरदारीको खाँचोः रिजाल
सूचना तथा सञ्चारमन्त्री रिजालले संविधान बनाउन सबैले आ–आफ्नो ठाउँबाट खबरदारी गरी गर्न सबैसँग आग्रह गरेका हुन् । नवलपरासी, गैंडाकोटमा १८ बैशाखमा भएको कार्यक्रममा उनले भने, “संविधान बनाउन सबैले आ–आफ्नो ठाउँबाट सरकार र राजनीतिक दललाई झक्झकाउनोस् ।”
उनले संविधान निर्माणमा आएको बाधा व्यवधानलाई सन्तुलनमा ल्याएर संविधान जारी हुने बताए । “सबै शक्तिलाई समेत सन्तुलनमा ल्याएर नयाँ संविधान जारी हुन्छ,” उनले भने ।
उनले लोकतान्त्रिक शक्ति मिलेर भए पनि ८ माघभित्रै नयाँ संविधान जारी हुने पनि ठोकुवा गरे । उनले कांग्रेस र एमालेकै नेतृत्वमा मिलेर संविधान जारी गर्ने पनि बताए ।
