थप समाचारशुक्रबार, बैशाख १९, २०७१

विद्यालयमा प्रहरी पोस्ट, विद्यार्थी मजदुरीमा

हिमालखबर

बाँकेको होलिया गाविसको चौफेरीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवनमा प्रहरीले अस्थायी प्रहरी पोष्ट राखेपछि विद्यालय नै बन्द भएको छ । प्रहरीले अस्थायी पोस्ट खडा गरेपछि विद्यालय झैझगडा मिलाउने र अभियुक्तलाई थुन्ने ठाउँ बनेको छ ।

बाढी र आगलागीबाट प्रभावित चौफेरीवासीका बालबालिकाले सहजरुपमा शिक्ष  लिन पाउन भन्ने उद्देश्यले २०६४ सालमा दातृ निकायको सहयोगमा दुई कोठे भवन निर्माण गरिएको थियो ।

पछिल्लो समय विद्यालयमा अध्ययन गर्ने २०० विद्यार्थी रहेकोमा एक वर्षदेखि चार÷पाँच जना विद्यार्थी साताको एक दिन विद्यालयमा जाने गरेपनि बस्ने कोठा नभएपछि फर्किने गरेका छन् ।

स्थानीय बासिन्दाले तत्काल अस्थायी प्रहरी पोस्ट विद्यालयबाट हटाई अन्यत्र सार्नुपर्ने र विद्यालय शान्ति क्षेत्र घोषणा गरी सहजरुपमा पढ्ने वातावरण मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रहरीले सरकारी विद्यालय कब्जा गरेपछि विद्यालयका शिक्षकले घरमै बसेर तलब खाइरहेका छन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>