थप समाचारशुक्रबार, बैशाख १९, २०७१

एमाले महाधिवेशन एक महिना सर्ने

हिमालखबर

एमाले स्थायी समितिको १८ वैशाखमा बसेको बैठकले केन्द्रीय समिति बैठकमा महाधिवेशन एक महिना पछि सार्न अध्यक्ष झलनाथ खनालले प्रस्ताव लैजाने निर्णय गरेको छ ।

यसअघि केन्द्रीय समितिले जेठ २४ देखि ३१ सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो।

स्थायी समितिका एक सदस्यका अनुसार २४ जेठमा शुरु हुने अधिवेशन एक महिनापछि २४ असारमा शुरु गर्न प्रस्ताव गरिनेछ।

अधिवेशन सार्ने निर्णय गर्न २२ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाउने निर्णय स्थायी समितिले गरेको छ।
बैठकमा अध्यक्ष खनालले बाँकी एक महिनामा महाधिवेशन गर्न नभ्याइने भएकाले सार्नु उचित हुने बताएका थिए।

“उहाँले बाँकी समयमा नभ्याइने भएकाले एक महिना सार्नुपर्ने परिस्थितिबारे बताउनुभयो। तपाईंका कुरा केन्द्रीय समितिकै बैठकमा राख्नुस् भनेर त्यसैका लागि बैठक डाक्ने निर्णय भयो,” सचिव शंकर पोखरेलले भने।

खनालले हालसम्मको तयारीले महाधिवेशन समयमै गर्न गाह्रो हुने बताएका थिए। उनले नेता केपी ओली पनि अस्वस्थ भएकाले महाधिवेशन सार्नु उचित हुने बताएका थिए।

बैठकमा केन्द्रीय समितिले दस्ताबेज पारित गरी छापेर तल्ला समितिमा छलफल गराई त्यहाँबाट आएका सुझावसमेत समेटेर अन्तिम रूप दिई महाधिवेशनमा लैजान बाँकी एक महिनाको समय अपुग हुनेमा सहमति भएको थियो।

सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव तयार हुनै बाँकी रहेको विषयमा पनि बैठकमा छलफल भएको थियो।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>