समाचारशुक्रबार, बैशाख १९, २०७१

नेकपा–माओवादीद्वारा स्कुलबसमा आगजनी

हिमालखबर

१९ वैशाख विहान करिब ८:३० बजे महेन्द्रनगरस्थित इन्टरनेसनल विद्यालयको ना४ख ४५८ नम्बरको बसमा नेकपा–माओवादी निकट विद्यार्थी संगठनले आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट बसका सिट जलेर नष्ट भएको छ ।

कञ्चनपुरका प्रहरी प्रमुख राजेन्द्रप्रसाद चौधरीले घटनामा संलग्न भएकाहरुको खोजी भइरहेको बताएका छन् ।

विद्यालयमा ५/६ जनाको समूहमा आएका नेकपा–माओवादी निकट विद्यार्थीले कापीमा विदेशी नागरिकका फोटाहरु किन छापेको भन्दै आगजनी गरेको सो विद्यालयका म्यानेजिङ डाइरेक्टर महाशर्मा न्यौपानेले जानकारी दिए ।

उनीहरुले बस जलाउनुका साथै प्रिन्सिपलको कक्षाकोठाको सिसा, एक थान कम्युटर र विद्यालयको टेलिफोनसमेत तोडफोड गरेको पनि न्यौपानेले बताएका छन् ।

विद्यालयले छाप्न दिएको कापीको पछाडिपट्टि प्रेसले १२ जना विदेशी नागरिकका फोटो पनि छापिदिएको निहुँमा घटना भएको विद्यालयले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>