समाचारशुक्रबार, बैशाख १९, २०७१

सरकारद्वारा ३९ सहसचिवको पदस्थापना र सरुवा

हिमालखबर

सिंहदरबारमा १९ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिवहरुको पदस्थापना र सरुवाका साथै रक्षा मन्त्रालयका सहसचिव देवेन्द्र सिटौलालाई कायममुकायम सचिवको जिम्मेवारीसमेत तोकेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिएका छन् ।

बैठकले दक्षिण एशियाली पर्यटन पूर्वाधार विकासका लागि एशियाली विकास बैंकको रु दुई अर्ब ९० करोड वैदेशिक सहायता लिन स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी बैठकले विशिष्ट नागरिकहरुलाई औषधि उपचारको व्यवस्था गर्ने निर्देशिकाअनुसार बैंककमा उपचाररत नेकपा एमालेका नेता केपी ओलीको स्वास्थ्य उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

यसैगरी, सरकारले नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री गोविन्दराज जोशीलाई एअर एम्बुलेन्सको खर्च र स्वास्थ्य उपचारका लागि रु पाँच लाख सहयोग तथा नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री सिद्धराज ओझालाई औषधि उपचारका लागि रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको प्रवक्ता डा मीनेन्द्र रिजालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>