थप समाचारशुक्रबार, बैशाख १९, २०७१

नेपाली न्यूरोसर्जनलाई जापानमा अवार्ड

हिमालखबर

कञ्चनपुरका  ३० वर्षीय डा मनोज बोहराले  स्नायु तथा मस्तिष्क रोगको उपचारका लागि सरल एवं प्रभावकारी तरिकाले मस्तिष्कमा औषधि पुर्याउने नौलो विधिको सफल परीक्षण गरेकोमा सम्मानित भएका छन् ।

उनको अनुसन्धान विश्व प्रसिद्व ‘नेचर पब्लिसिङ ग्रुप’ को ‘जर्नल अफ सेरेब्रल ब्लड फ्लो एन्ड मेटाबोलिजम’ मा पनि प्रकाशित छ। उनले ‘कागोशिमा युनिभर्सिटी ग्य्राजुएट स्कूल अफ मेडिकल एन्ड डेन्टल साइन्सेज अवार्ड’ र ‘कागोशिमा प्रान्तीय न्यूरो सर्जिकल सोसाइटी अवार्ड’ पनि पाएका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका बोहरा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट एमबीबीएस गरेपछि जापान सरकारको छात्रवृत्तिमा कागोशिमा विश्वविद्यालय गएका थिए।

जापानमा पाएको सम्मानले हौसला र आत्मविश्वास बढेको उनले बताए भने उनका बुबा रमेश बोहराले छोराको उपलब्धिले आफू गौरवान्वित बनेको उल्लेख गरे। उनी थप अध्ययन र तालिमका लागि अरू एक वर्ष जापानमै रहनेछन्।

जापानमा पाएको ज्ञानलाई देशको न्यूरोसर्जरी क्षेत्रको विकासमा उपयोग गर्ने डा. बोहराको योजना छ। “जापान जस्तो विकसित मुलुकमा प्राप्त गरेको ज्ञानलाई देशमा उपयोग गर्नेछु” उनले भने।
बच्चु विक, कञ्चनपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>