खेलकुदमंगलबार, भाद्र १९, २०६९
क्रिकेटमा नेपाललाई लगातार दोस्रो जित
मलेसियामा जारी लिगको १९ भदौमा सम्पन्न खेलमा तान्जनियाले प्रस्तुत गरेको ८३ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १८२ बल बाँकी छँदै पुरा गरेको हो । जितका लागि ज्ञानेन्द्र मल्लले २८, सुवास खकुरेलले २०, पारस खड्काले १५ र अनिल मण्डलले ९ रनको योगदान गरे । कप्तान पारसले ४, बसन्त रेग्मीले ३ र विनोद दासले २ विकेट लिएका थिए ।
नेपालले २१ भदौमा मलेसियासँग खेल्दैछ । १८ भदौमा सिंगापुरलाई ५ विकेटले हराएको थियो ।
