समाचारशनिबार, बैशाख २०, २०७१
लुक्लाबाट फर्कन नपाउँदा पर्यटकलाई सास्ती
सगरमाथा आरोहण रद्द गरी आफ्नो देश फर्कने क्रममा काठमाडौंसम्म आउनका लागि लुक्लामा टिकट नपाएपछि पर्यटकहरुलाई समस्या थपिएको छ ।
आरोहण रद्द गरेर फर्केका पर्यटकका कारण लुक्लाबाट काठमाडाँै फर्कने हवाई टिकट पाउन मुश्किल छ । सगरमाथा आरोहण कार्यक्रम रद्द गरी फर्केका विदेशी आरोही, पथप्रदर्शक र आरोहण सहयोगीका कारण बैमौसमी यात्रुको चाप थेग्न बाध्य भएको सम्बन्धित एयरलाइन्सहरु बताउँछन् ।
“हिमाल आरोहण गर्न नपाएका विदेशी आरोही तनावमा छन्, टिकट छैन भन्दा कुरा नबुझी उल्टै हामीलाई नै हकार्छन्”, सिम्रिक एयर लुक्लाका एक कर्मचारीले भने ।
हप्तौँ अगाडिदेखि नै आरोहण त्यागेर फर्केका आरोहीले यतिबेला लुक्ला बजार टनाटन भरिएका छ । दैनिकजसो थपिने पर्यटककै तुलनामा लुक्लाबाट काठमाडाँै फर्किन नपाउँदा लुक्लामा पर्यटकको चाप बढेको नर्थ फेस रिसोर्ट लुक्लाका नुरी शेर्पाले बताए ।
सीमित उडान र मौसमले पनि साथ नदिएका कारण लुक्लाबाट काठमाडाँै फर्कने पर्यटकलाई भनेजस्तो सेवा दिन नसकेको तारा एयर लुक्लाका स्टेसन म्यानेजर फुनुरु शेर्पाले बताए ।
सगरमाथा आधारशिविरबाट फर्केका पर्यटकको चापलाई ध्यानमा राखी हरेकजसो एयरलाइन्सले थप उडान राखे पनि मध्याह्नपछि बिग्रने मौसमले उडान प्रभावित बनाएको उनको भनाई छ ।
बिहान दोस्रो चरणको उडानसम्म मौसम रामै्र हुने र त्यसपछि मेघ गर्जेर पानी पर्न थालेपछि उडान रद्द गर्नुपरेको शेर्पाले जानकारी दिए । एकातिर सगरमाथा आरोहण रद्द गर्नुपरेको पीडा र अर्कोतर्फ समयमै काठमाडौँ फर्कन नपाउँदा पर्यटक रिसाउन थालेको पर्यटक पथप्रदर्शक ङवाङनुरी शेर्पाले सुनाए ।
अन्तर्राष्ट्रिय पर्यटन बजारमा सगरमाथा क्षेत्रमा गएपछि फर्किने टिकट नपाउने, सगरमाथा आरोहणमा सानातिना समस्या सदैव भइरहने, सरकारको विभिन्न निकायमा विभिन्न कर तिरिरहनुपर्नेजस्ता प्रचारबाजी हुन थालेको अर्का पथप्रदर्शक छोङ्वा शेर्पाले गुनासो गरे ।
चाँैरीखर्कको सुर्केसम्म सडक यातायातको व्यवस्था भएमा पर्यटकले विकल्प रोज्न पाउने र अन्तर्राष्ट्रिय पर्यटन बजारमा सगरमाथा क्षेत्रको बदनाम हुने गरी प्रचार नहुने ती पथप्रदर्शकको भनाइ छ । अहिले थुप्रै पर्यटक रिसाउने गरेको स्थानीय शिक्षक खगिन्द्रराज बाँस्तोला बताउँछन् ।
उनका अनुसार सुर्केसम्म सडक यातायातको व्यवस्था भएमा हवाई यात्राका लागि अनुकूल मौसम नहुँदा सडक यातायातको विकल्प प्रयोग गर्नेमात्र नभई सीमित आर्थिक स्रोत भएकाहरुले समेत यात्रा गर्न सक्नेछन् ।
उदयपुर, ओखलढुङ्गा हँुदै सदरमुकाम सल्लेरीसम्म आइपुगेको सडकलाई विस्तार गरी सुर्केसम्म पु¥याउन सकेको खण्डमा भारतीय पर्यटकलाई समेत भित्र्याउन सकिने जानकारहरु बताउँछन् ।
तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा हाल तारा एयर, सीता एयर, सिम्रिक एयर र गोमा एयरले उडान भर्दै आएका छन् ।
