समाचारशनिबार, बैशाख २०, २०७१

गृहमन्त्रीले ‘राज्यको पहुँच बाहिर’ भनेका ढुंगेल विराटनगरमा खुलेआम

हिमालखबर

बालकृष्ण ढुंगेल फाइल तस्वीर

एमाओवादीको विराटनगरमा जारी राष्ट्रिय सम्मेलनमा ओखलढुंगाबाट प्रतिनिधिको रुपमा सहभागी बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा २०६६ पुसमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । एमाओवादी दबाब र धम्कीले अहिलेसम्म पक्राउ नपरेका उनी पछिल्लो समय फरार रहेको गृहमन्त्री वामदेव गौतमले बताएका थिए ।

सम्मेलन चलिरहेको विरेन्द्र सभागृहमा भित्र बाहिर गरिरहेका हुन्छन् ढु‌गेल ।  बेलाबेला बाहिर निष्कन्छन, घुम्छन्– सम्मेलन र नेताहरुको सुरक्षार्थ खटिएका प्रहरी अधिकारीहरुकै अगाडि ।

१६ वैशाखमा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री गौतमले आफू गृहमन्त्री भएपछि गुण्डागर्दी शून्यमा झारेको, अपराध नियन्त्रण गरेको भन्दै बालकृष्ण ढुंगेल ‘राज्यको पहुँचभन्दा बाहिर’ रहेकोले पक्राउ गर्न नसकेको भनेका थिए ।

“बालकृष्ण ढुंगेलमाथि सरकार र प्रहरीको दृष्टी नपुगेकै हो”, रिपोर्टर्स क्लवमा गृहमन्त्री गौतमले भनेका थिए, “जहिलेदेखि राज्यले पक्राउ गर्ने तदारुकता देखायो, त्यसबेलादेखि उनी राज्यको पहुँच बाहिर छन् ।’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>