थप समाचारशनिबार, बैशाख २०, २०७१

अफगानिस्तानमा पहिरोले सिंगो गाउँ पुरियो, हजारौं वेपत्ता

हिमालखबर

१९ वैशाख दिउँसो अफगानिस्तानको बदख्सान प्रान्तको बारिक गाउँमा पहाड खस्दा करिब २ हजार ५ सय पुरिएको स्थानीय अधिकारीहरुले बताएका छन् । पहिरोमा पुरिएकामध्ये ३५० भन्दा बढीको शव निकालिएको छ भने उद्दार कार्य जारी छ ।

अधिकारीहरुले घटना भएको २० घण्टापछि पनि २ हजार ५०० व्यक्ति हराइरहेको बताएका छन् । पहाडबाट भीषणमात्रामा माटो र ढुङ्गाको पहिरोले बदख्सान प्रान्तको बारिक गाउँलाई पुरिदिएको छ । पहिरोबाट सयौँ घर नष्ट भएका छन् ।

शुक्रबार प्रार्थनाको समयमा गाउँलेहरू स्थानीय दुईवटा मस्जिदमा भेला भएका बेला गएको पहिरोले दुवै मस्जिदलाई समेत पुरेको छ ।

बदख्सान प्रान्त ताजिकिस्तान, चीन तथा पाकिस्तानको सीमामा पर्छ ।

राष्ट्रपति हमिद करजईले पहिरोबाट प्रभावितप्रति समवेदना व्यक्त गर्दै जीवित व्यक्तिलाई खोज्न तत्काल प्रयास भएको बताएका छन् ।

अफगान राष्ट्रिय विपत्ती व्यवस्थापन प्राधिकरणका प्रान्तीय निर्देशक सयद अब्दुल्लाह होमायु देहकनले पहिरोबाट एक हजार परिवार प्रभावित भएको बताएका छन् ।

उनले करिब ३०० परिवार हराइरहेको र त्यसमा करिब दुई हजार व्यक्ति हुनसक्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>