थप समाचारशनिबार, बैशाख २०, २०७१
तस्करले गैंडा मारे
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको प्रस्तावित दोभान मध्यवर्ती सामुदायिक वनको धु्रव भन्ने स्थानमा मरेको गैंडा फेला परेको छ ।
निकुञ्जका प्रवक्ता तथा सहायक संरक्षण अधिकृत टिकाराम पौडेलका अनुसार १९ वैशाख राति गोली पडकेको आवाज सुनिएको थियो । खोजतालस क्रममा २० बैशाख विहान गोली लागेको भाले गैंडा मृत भेटियोे ।
गैंडाको खागसमेत निकालिएको छ । निकुञ्जमा ५ फागुन २०६९ पछि तस्करले गैंडा मार्न सकेका थिएनन् ।
सविता श्रेष्ठ, चितवन
