थप समाचारआइतबार, बैशाख २१, २०७१
कांग्रेसद्वारा नेपाल लोकतान्त्रिक खेलकुद संघ गठन
सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा २१ वैशाखमा भएको लोकतान्त्रिक खेलकुद संघ गठन भएको घोषणा गरिएको छ । देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको कांग्रेसले जनाएको छ । समितिको सचिवमा सुबोध प्रधान छन् ।
कांग्रेस खेलकुद विभाग प्रमुख एवम् सभासद् धनराज गुरुङले लोकतान्त्रिक खेलकुद सङ्घको घोषणा गर्दै खेलकुद क्षेत्रको समग्र विकासमा सङ्गठनले महत्वपूर्ण काम गर्ने बताए ।
सङ्घका अध्यक्ष शेरचनले आगामी दिनमा कांग्रेसको नीति नयममा रहेर खेलकुदको विकासका लागि काम गर्ने बताएका थिए ।
