समाचारसोमबार, बैशाख २२, २०७१
बस दुर्घटनामा ६ को मृत्यु, २४ घाइते
काठमाडौँबाट चकमकेका लागि छुटेकोे बा२ख ६६०६ नं को बस २२ वैशाख बिहान कमलामाई नगरपालिका–१० करकरेमा दुर्घटनामा पर्दा ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमध्ये आमबोटे–९ सिन्धुलीका उद्धव पुलामी मगर, हेटौँडा नगरपालिका–१० का रामेश्वर अधिकारी, आमबोटे–६ सिन्धुलीका चित्रबहादुर पुलामी र लामपाङटार–६ सिन्धुलीका सुकुमाया तामाङको सनाखत भएको प्रहरीले जनाएको छ ।
२४ घाइतेमध्ये १८ जनाको सिन्धुली जिल्ला अस्पताल र तीनजनाको बर्दिवास अस्पताल र तीनजनाको लालगढ अस्पतालमा उपचार भइरहेको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा यात्रुहरूलाई अस्पताल पु¥याएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीले परिचालकले बस हाँकेकाले दुर्घटना भएको हुनसक्ने जनाएको छ ।
