समाचारमंगलबार, भाद्र १९, २०६९
लडाकुका नाममा माओवादीले करोडौं रुपैंया भ्रष्टाचार गरेको युवा संघको ठहर
१९ भदौमा बसेको युवा संघको बैठकले लडाकुको नाममा माओवादीले करोडौं रुपैंया भ्रष्टाचार गरेको ठहर गरेको हो ।
माओवादीले नक्कली लडाकुको नाममा राज्यकोषको करोडौं भ्रष्टाचार दावी गर्दै युवा संघले त्यस्को छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्ने भएको छ । युवा संघका नेता प्रभाव कट्वालले माओवादी विरुद्ध आयोगमा उजुरी निर्णय गरेको जानकारी दिए ।
युवा संघले माओवादी विरुद्ध अन्तर्राष्ट्रिय अदालत हेगमा पनि मुद्दा हाल्ने निर्णय गरेको छ । सशस्त्र द्वन्द्वका क्रममा धेरै निर्दोष नागरिकको हत्या गरिएको दावी गर्दै संघले माओवादी विरुद्ध मुद्दा हाल्ने निर्णय गरेको कट्वालले जानकारी दिए ।
