समाचारसोमबार, बैशाख २२, २०७१
डीभी नतिजा फेरि हेर्न दूतावासको आग्रह
१ मेमा प्रकाशित नजितामा प्राविधिक त्रुटीका कारणले गलत जानकारी प्रवाह भएको हुनसक्ने भन्दै अमेरिकी दूतावासले नतिजा डीभी चिठ्ठाको नतिजा फेरि हेर्नका लागि आग्रह गरेको छ ।
“सिस्टममा गडबडीका कारणले परिणाम गलत परेको हुनसक्छ,” दूतावासद्वारा जारी सूचनामा भनिएको छ,” आफूलाई डिभी परे-नपरेको थाहा पाउन फेरि हेर्नुहोला ।”
त्यसैगरी कन्फर्मेशन नम्बर हराएको भए आफ्नो इमेल लगायतका व्यक्तिगत जानकारी उपलब्ध गराएर पनि नतिजा हेर्न सकिने दूतावासले जनाएको छ ।
डिभी चिठ्ठा हेर्नका लागि यो लिंकमा जानुहोस: Entrant Status Check
