समाचारसोमबार, बैशाख २२, २०७१
एमाओवादी सम्मेलनः केन्द्रीय सदस्यको नाम छान्दै
एमाओवादीको विराटनगरमा जारी राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पूर्व महासचिव पोष्टबहादुर बोगटी सहभागी बैठकले केन्द्रीय समितिका नामहरुका बारेमा छलफल गर्दैछ ।
२२ वैशाख बिहान बसेको सम्मेलन आयोजक समितिको बैठकले बन्दसत्रमा प्रस्तुत गर्ने समूह तयार गर्ने अख्तियारी दिएपछि नेताहरु छलफलमा जुटेका हुन् ।
सम्मेलन आयोजक समितिको बैठक बसेको केही समयपछि नै पूर्व पोलिटव्यूरोको बैठक बसेको थियो ।
पदाधिकारीको बैठक बसेर ७५ जनाको नाममा छलफल गरिरहेको र अनुमोदित नाम बन्दसत्रमा प्रस्तुत गर्ने तयारीमा रहेको नेताहरुले बताएका छन् ।
एमाओवादीले आजै नयाँ नेतृत्व चयन गरी सम्मेलन समापन गर्ने तयारी भइरहेको बुझिएको छ ।
रासस
