समाचारसोमबार, बैशाख २२, २०७१

पत्रकार महासंघको अध्यक्षमा महेन्द्र बिष्ट निर्वाचित

हिमालखबर

पत्रकार महासंघको जारी महाधिवेशनमा २१ वैशाखमा भएको मतदानको भर्खरै सम्मपन्न मतपरिणाम अनुसार अध्यक्षमा महेन्द्र विष्ट विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी पोषण केसीलाई ८० मतले पछि पार्दै जीत हासिल गरेका हुन् ।

उपाध्यक्षमा समावेशीतर्फ नेपाल प्रेस युनियनसम्बद्ध अनिता बिन्दू बिजयी भएकी छन् भने अन्य सबै पदाधिकारीमा विष्ट समूहकै (संयुक्त प्यानलका) उम्मेदवार विजयी भएका छन् ।

उपाध्यक्षमा खिलबहादुर भण्डारीले प्रतिद्वन्द्वी रामजी दाहाललार्इ ५ मतको झिनो अन्तरले पराजित गरेका छन् । त्यस्तै प्रभात चलाउने पनि ९ मतको अन्तरले मात्र विजयी भएका छन् ।

महासचिवमा उजीर मगर विजयी भएका छन् भने  सचिवमा संगीता खड्का विजयी भइन् ।

प्राप्त नतिजाअनुसार उपत्यकामा संयुक्त प्यानलका ईश्वरी वाग्ले र रामहरी सिलवालले जितेका छन् । पूर्वाञ्चलमा संयुक्त प्यानलका गणेश पोखरेल र गणेश लम्साल विजयी भएका छन् ।

मध्यमाञ्चलमा चीरञ्जीवी मास्के र शीतल महतो विजयी भएका छन् ।  पश्चिमाञ्चलबाट संयुक्त प्यानलका हरिनारयण गौतम र रुद्र भट्टले जितेका छन् ।

प्रतिष्ठानतर्फ संयुक्त प्यानलकै सुरज आचार्य र रोशन पुरी विजयी बनेका छन् । कर्णालीमा नवराज महताराले २७ मत ल्याएर जितेका छन् भने सुदुरपश्चिममा पनि प्रकाश शाह र खगेन्द्र पन्त विजयी भएका छन् ।

एशोसिएटतर्फ युनियनका उम्मे्वार प्रदीप न्यौपाने र प्रकाश तिम्सिनाले जितेका छन् । प्रतिष्ठानतर्फ सुरज आचार्य र रोशन पुरी विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>