थप समाचारमंगलबार, बैशाख २३, २०७१

स्वचालित हतियारसहित युवक पक्राउ

हिमालखबर

विशेष सुराकीका आधारमा प्रहरीले २२ वैशाख साँझ पर्साको मिर्जापुर–८ घर भई हाल वीरगन्ज उपमहानगरपालिका–३ छपकैयामा बस्दै आएका १७ वर्षीय बब्लु यादवलाई स्वचालित पेस्तोलसहित पक्राउ गरेको छ ।

यादवले घरमा हतियार लुकाइछिपाई राखेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटेको प्रहरी टोलीले घरमा खानतलासी गर्दा चाइनिज पेस्तोल एक थान र गोली तीन थान बरामद भएपछि उनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए ।

यादवलाई हातहतियार खरखजाना मुद्दा चलाउने तयारी भइरहेको उपरीक्षक सिंहले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>