समाचारमंगलबार, बैशाख २३, २०७१

एमाओवादी केन्द्रीय कार्यसमितिमा बाबुराम समूहको सहभागित नहुने

हिमालखबर

विराटनगरमा जारी एमाओवादी राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत केन्द्रीय सदस्यको नामावलीप्रति नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले असहमति जनाएपछि अवरुद्ध बन्द सत्र बाबुराम समूहको सहभागिता नहुने भन्दै समापन  भएको छ।

बन्द सत्रमा बोल्दै नेता बाबुराम भट्टराईले आफू पुष्पकमल दाहालको नेतृत्वमा कुनै पदमा नबस्ने भन्दै नेतृत्व एकात्मवादी सोचबाट प्रेरित भएको आरोप लगाए ।

प्रस्तावित केन्द्रीय कमिटीमा आफ्नो पूर्ण असहमति रहेको भन्दै उनले आफू भिन्न मतसँगै बहस गरिरहने र अरुलाई निषेध गर्ने प्रवृत्तिलाई स्वीकार नगर्ने बताए ।

यसैबीच एमाओवादी प्रवक्ता दीनानाथ शर्माले अब बन्ने केन्द्रीय समितिमा बाबुराम भट्टराईसहितका बहिस्कार गर्ने समूहको सहभागिता नहुने बताएका छन् ।

भट्टराईले आफूलाई सुविधा हुने किसिमको टिम बनाएर पार्टी चलाउन अध्यक्ष दाहाललाई आग्रह गरेका छन्। “तपाईंलाई कस्तो टिम बनाउँदा सुविधा हुन्छ, बनाएर पार्टी चलाउनुहोस्,” भट्टराईले भने, “म शुभेच्छा व्यक्त गर्छु।”

एमाओवादीको केन्द्रीय सदस्य चयनपछि आज नै प्रथम राष्ट्रिय सम्मेलनको अन्त्य गरिने सम्भावना छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>