समाचारबुधबार, बैशाख २४, २०७१
नेपाललाई अफगानिस्तानद्वारा २६३ रनको लक्ष्य
मलेशियाको राजधानी क्वालालाम्पुरमा जारी एसीसी प्रिमियर लिगमा २४ वैशाखमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९।३ ओभरमा अल आउट हुँदै २६२ रन बनाएको छ ।
नेपालका लागि शक्ति गौचन र बसन्त रेग्मीले ३/३ र आसिफ सेखले २ विकेट लिए। यस्तै राजकुमार प्रधान र सोमपाल कामीले एक/एक विकेट लिएका छन्।
१६ वर्षका युवा खेलाडी अरिफले अफगानिस्तानका ओपनरद्वय नुर अली र उसमानलाई आउट गरेका थिए ।
अफगानिस्तानका लागि उसमान घानी र हासमातुल्लाले अर्धसतक पुरा गरेका थिए।
समान ५१ रन बनाएका उनीहरुले क्रमश ६१ र ७७ बल खेलेका थिए। यस्तै नुर अलि जर्दानले ४३,नासिद अमदाजारी २० तथा सामुल्लाह सेनवारीले १८ रन बनाए। कप्तान नाबी ३४ तथा साफिक उल्लाह २१ रनमा आउट भए।
प्रिमियर लिगको शिर्ष चार स्थानमा रहने टोली आउँदो डिसेम्बरमा युएईमा हुने एसिसी च्याम्पियनसिपका लागि छनोट हुनेछन्।
नेपाल, अफगानिस्तान र ओमान च्याम्पियनसिपका लागि छानिसकेका छन्।
ओमान र युएईबिचको खेलले च्याम्पियनसिपका लागि छनोट हुने अन्तिम टोलीको टुङ्गो लगाउनेछ।

