समाचारबुधबार, बैशाख २४, २०७१
बाबुरामको रिक्तता पूरा गरिन्छः दाहाल
विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनपछि २४ वैशाख विहान आयोजित पत्रकार सम्मेलनमा एमाओवादी अध्यक्ष दाहालले भने, “ नेता भट्टराईलाई पाखा लगाउन नभई सशक्त जिम्मेवारी दिन लागि परेको छु, त्यसैले उहाँको रिक्तता केन्द्रीय कार्य समितिमा चाँडै पूर्ति हुनेछ ।”
अध्यक्ष दाहालले पार्टीलाई सशक्त र नयाँ गति प्रदान गर्न आफू क्रियाशील भएर लागेकाले राजधानी फर्कने वित्तिकै भट्टराईसँग छलफल गरी उनीलगायत अन्य नेताहरुलाई पनि केन्द्रीय कार्य समितिमा सहभागी बनाउने बताए ।
राष्ट्रिय सम्मेलनले पार्टीलाई पुनःनिर्माण एवम् सुदृढीकरण गर्न सहयोग पुगेको दाहालको दाबी थियो ।
उनले पार्टी सङ्गठनमा भट्टराईको सहमतिअनुसार केन्द्रीय सदस्य २६९ बाट १५१ बनाई हाल ९९ जना सदस्यको नाम प्रस्ताव गरेको समेत बताए ।
