समाचारबुधबार, भाद्र २०, २०६९
बुद्ध अंकित जुत्ता उत्पादन रोक्न एमालेको माग
एमाले उपत्यका समन्वय कमिटीले २० भदौमा राजधानीमा पत्रकार सम्मेलन गरेर अमेरिकी कम्पनीले भगवान बुद्धको चित्र जुत्तामा अंकित गरेर सबै बुद्ध धर्मावलम्बी र नेपालीको अपमान गरेको ठहर गरेको हो । आईकन सु नामक कम्पनीले आफ्नो जुत्तामा बुद्धको चित्र राखेपछि त्यस्को तीब्र विरोध भइरहेको छ । एमाले उपत्यका समन्वय कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले पार्टी निर्देशनअनुसार आफूहरु विरोधमा उत्रिएको बताए ।
संयोजक श्रेष्ठले जुत्ता उत्पादक कम्पनीको यस्तो कदमले बौद्धमार्गी र सबै शान्तिप्रिय नागरिकलाई आघात पुर्याएको बताए । एमालेले त्यस्तो उत्पादन तत्काल रोक्न माग समेत गरेको छ ।
एमालेले बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रियतामाथि आक्रमण हुँदा पनि चुपचाप बसेर राष्ट्रघात गरेको आरोप लगाएको छ । श्रेष्ठले अमेरिकी सरकारसंग कुरा गरि बुद्धको तस्बिर जुत्तामा राख्ने कम्पनिको उत्पादन बन्द गराउने पहल गर्न सरकारसंग माग गरे ।

